विदेश

    Showing 1,331-1,340 of 2,133 items.
  • बाढी पहिरोले पाकिस्तानका ७२ जिल्लामा असर : ३ करोड ३० लाख मानिस प्रभावित

    एजेन्सी / पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।गत मध्य जुनदेखि सुरु भएको मनसुन पछिका वर्षा जन्य घटनामा परी ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने सो प्रान्तमा मात्रै एक करोड ४५ लाख मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ ।बाढी पहिरोका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने उद्धारकर्ताहरुले जनाएका छन् ।यस बर्षको प्रा

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 236 पटक पढिएको
  • लिबियामा राजनीतिक विवादले लियो हिंसाको रुप, २३ जनाको मृत्यु

    एजेन्सी / लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ । विवादले हिंसाको रूप लिएको छ ।पछिल्लो पटक राजधानीको त्रिपोलीमा भएको झडपमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने कयौँ मानिस घाइते भएका छन् । अधिकारीहरूका अनुसार झडपमा त्यहाँका एक युवा हाँस्य कलाकार मस्तफा बराकाको पनि मृत्यु भएको छ ।लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरुमा देश शान्त थियो । तर, मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन् ।राजधानी त्रिपोली लगायत कयौँ ठाउँमा पछिल्लो पटक घरेलुसहित स–साना हतियार बोकेका मिलिसिया देख

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 165 पटक पढिएको
  • श्रीलङ्काका बालबालिका भोकमरीको जोखिममा

    एजेन्सी / आर्थिक सङ्कटका कारण श्रीलङ्काका बालबालिका भोकमरीको चपेटामा रेको राष्ट्रसङ्घले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरूले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ ।विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ ।नियमित खाना छाड्ने परिवारहरूले सङ्कटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए ।‘बालबालिका भोकभोकै बेडमा गएका छन्, उनीहरूको बाँकी खाना कहाँबाट आउँछ भन्नेमा अनिश्चित छन् । श्रीलंकाल

    • प्रकाशित मितिः भदौ ११, २०७९
    • 189 पटक पढिएको
  • पाकिस्तानमा मिसाइल प्रहार गर्ने भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

    एजेन्सी  / भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश मिसाइल प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । यो घटनाले दुई आणविक हतियारयुक्त  देशबीच तनाव बढाएको थियो । दिल्लीले उक्त घटनालाई नियमित मर्मतसम्भारको क्रममा प्राविधिक खराबी भएको जनाएको थियो ।इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरवाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र भविष्यमा नदोहोर्याउन चेतावनी दिएको छ । ९ मार्चको घटनाका लागि जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको भारतीय वायुसेनाले एक विज्ञप्तिमा जानकारी दिएको छ ।ब्रह्मोस रसिया र भारतले संयुक्त रूपमा विकास गरेको एक परमाणु–सक्षम क्रुज मिसाइल

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 260 पटक पढिएको
  • युक्रेनी रेल स्टेसनमा मिसाइल हमला हुँदा १५ जनाको मृत्यु, ५० घाइते

    एजेन्सी / युक्रेनी रेलवे स्टेशनमा रुसी आक्रमणमा १५ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना घाइते भएका छन् । ‘मैले भर्खरै मध्य दिनिप्रोपेटत्रोभ्स्क क्षेत्रको रेलवे स्टेशनमा रूसी मिसाइल आक्रमणको बारेमा जानकारी प्राप्त गरेको छु । कम्तीमा १५ जनाको मृत्यु भएको ५० जना घाइते भएका छन्’, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषदमा एक भाषणमा भने।राष्ट्रपति जेलेन्स्कीले बुधबार आफ्नो देशले मस्कोसँगको युद्धको ६ महिना पूरा गरेको बताएका छन् । विस्फोटपछि चार ओटा यात्रु कारमा आगो लागेको उनले बताए । 

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • 206 पटक पढिएको
  • सुडानमा भीषण वर्षा र बाढीबाट ७५ जनाको मृत्यु

    एजेन्सी / सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन ।उक्त काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिमा यस बाढीमा परी ३० व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरूमा जनाइएक

    • प्रकाशित मितिः भदौ १, २०७९
    • 201 पटक पढिएको
  • प्रहरी सवार बस नदीमा खस्दा ६ जनाको मृत्यु

    एजेन्सी / भारतको जम्मु–कश्मिरमा इन्डो–तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ । बसमा ३९ जना सवार थिए । घाइते भएकाहरूलाई हेलिकप्टर मार्फत श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ । ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको बताइएको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 247 पटक पढिएको
  • पाकिस्तानमा बाढी पहिरो र डुबानमा परी एक सय ९६ जनाको मृत्यु

    एजेन्सी / पाकिस्तानको बालुचिस्तानमा लगातार परेको वर्षाका कारण आएको बाढी पहिरो र डुबानका कारण थप आठ जनाको मृत्यु भएको छ । योसँगै बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १९६ पुगेको छ । जसमध्ये ९६ जना पुरुष, ४५ जना महिला र ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरू पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणल

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 220 पटक पढिएको
  • सेनाको कारबाहीमा परी नाइजेरियामा २९ जना आतङ्ककारी मारिए

    एजेन्सी / नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ ।अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए । आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन् ।

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 242 पटक पढिएको
  • श्रीलङ्कामा विद्युत शुल्क २६४ प्रतिशतले वृद्धि

    एजेन्सी  / श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महसुल बढाउने भएको छ । घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क तोकेको हो ।  सीइबीले आठ सय  प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेपनि नियामक निकायले भने अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् ।ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।

    • प्रकाशित मितिः साउन २६, २०७९
    • 177 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.