एजेन्सी  / श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महसुल बढाउने भएको छ । घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क तोकेको हो । 

 सीइबीले आठ सय  प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेपनि नियामक निकायले भने अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।

शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् ।

OM Sai Pathibhara Hospital

ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।