एजेन्सी / लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ । विवादले हिंसाको रूप लिएको छ ।

पछिल्लो पटक राजधानीको त्रिपोलीमा भएको झडपमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने कयौँ मानिस घाइते भएका छन् । 

OM Sai Pathibhara Hospital

अधिकारीहरूका अनुसार झडपमा त्यहाँका एक युवा हाँस्य कलाकार मस्तफा बराकाको पनि मृत्यु भएको छ ।

लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरुमा देश शान्त थियो । तर, मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन् ।

राजधानी त्रिपोली लगायत कयौँ ठाउँमा पछिल्लो पटक घरेलुसहित स–साना हतियार बोकेका मिलिसिया देखिन थालेको र ठाउँ ठाउँमा विस्फोट हुन थालेको जनाइएको छ ।

यो घटनापछि संयुक्त राष्ट्र संघले युद्ध बिराम गर्न दुवै पक्षलाई आग्रह गरेको छ ।