एजेन्सी / भारतको जम्मु–कश्मिरमा इन्डो–तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ ।

OM Sai Pathibhara Hospital

बसमा ३९ जना सवार थिए । घाइते भएकाहरूलाई हेलिकप्टर मार्फत श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ । ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको बताइएको छ ।