एजेन्सी / पाकिस्तानको बालुचिस्तानमा लगातार परेको वर्षाका कारण आएको बाढी पहिरो र डुबानका कारण थप आठ जनाको मृत्यु भएको छ । 

योसँगै बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १९६ पुगेको छ । जसमध्ये ९६ जना पुरुष, ४५ जना महिला र ५५ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ ।

OM Sai Pathibhara Hospital

वर्षाका कारण बालुचिस्तानका धेरै ठाउँमा आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति गरेको छ । बाढी पहिरोका कारण पछिल्लो तीन दिनमा ८१ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । 

प्राकृतिक प्रकोपमा परी एक लाख सात हजार ३७७ पशु चौपायाहरू पनि परेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । बलुचिस्तानको बोलान, क्वेटा, झोव, डाक्की, खुज्डर, कोलु, केच, मस्तुङ, हर्नाइ, क्विला साइफुल्लाहसिब्बीमा बाढी पहिरोले मानवीय क्षति गरेको हो ।   

बाढी पहिरोले सडक यातायात सेवा, विद्युत, सञ्चारलगायतका सेवा पनि प्रभावित भएका छन् । ती सेवा सुचारु गर्नका लागि प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ ।

बाढी पहिरोले मानिसहरू बस्ने घरहरुमा पनि ठूलो क्षति पुर्‍याएकाे क्षतिग्रस्त घरका बासिन्दा विस्थापित भएका छन् । उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ । 

स्थानीय एक अधिकारीका अनुसार क्विला साइफल्लाहमा मात्रै झण्डै १२० घर क्षतिग्रस्त भएको पाइएको छ । त्यसैगरी, अन्य ठाउँमा अरु दुई सय घर क्षतिग्रस्त भएको अधिकारीहरूले जनाएका छन् ।