विदेश

    Showing 1,271-1,280 of 2,133 items.
  • कोइला खानी विस्फोट हुँदा ९ जनाको मृत्यु

    एजेन्सी /  इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोट हुदाँ ९ जनाको मृत्यु भएको छ ।विस्फोटमा अन्य दुई जना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • 181 पटक पढिएको
  • वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

    एजेन्सी / चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।बेइजिङले विगत १० वर्ष वा सो भन्दा अघिदेखि वायु प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका अवस्था नाजुक रहेको विवरण नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित गरिएको छ ।तथ्याङ्कका लागि १ सय ३७ देशहरूको वायु प्रदुषणको अवस्था विश्लेषण गरिएको थियो ।चीनमा जैविक इन्धनको प्रयोगबाट सामान्यतः २ दशमलव ५ माइक्रोन भन्दा साना कणहरू वायु मण्डलमा फैलिने गरेको अध्ययन प्रतिवेदनमा देखाइएको छ । ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेको पनि तथ्यांकले देखाएको छ ।मृत अवस्थामा शिशुहरू

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 177 पटक पढिएको
  • पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु

    एजेन्सी / उत्तरपश्चिम कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्धार गरिएको छ ।अविरल वर्षापछि बाढी आएको थियो । राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा बस पुरिएको थियो । गृहमन्त्री अल्फोन्सो प्राडाले भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं । उद्दार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ ।’कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुःखित भएको बताएका छन् । कोलम्बिया अस्वभाविक रूपमा भारी वर्षाले प्

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 178 पटक पढिएको
  • नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा बढ्दै, सडक सफा गर्न प्रतिबन्ध

    एजेन्सी / नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो ।यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ ।यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ ।सो प्र

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 157 पटक पढिएको
  • इरानमा सुरक्षा बलले कारबाहीमा परी चार सय ४८ जनाको मृत्यु

    एजेन्सी / २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोध प्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना मारिएका छन् । विरोध प्रदर्शनमा सुरक्षाकर्मीसँग भएका झडप तथा प्रदर्शन दबाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा उनीहरू मारिएका मानव अधिकार समूहलाई उद्धृत गर्दै अरब न्युजले जनाएको छ । नर्वेको इरान मावन अधिकार समूहका अनुसार हालसम्म मारिएका चार सय ४८ जनामध्ये ६० जना १८ वर्ष मुनिका नाबालिग छन् । अठार वर्ष मुनिका नौ जना केटी पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् ।   समूहको प्रतिवेदनअनुसार गत साता मात्र सुरक्

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 167 पटक पढिएको
  • चीनका पूर्वराष्ट्रपति जेमिनको निधन

    एजेन्सी  / चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । नेता जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनलाई ल्युकेमिया लगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । जेमिनले सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डोर्याएका थिए । तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिएर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 163 पटक पढिएको
  • तालिबानद्वारा युद्धविराम फिर्ता, देशभर आक्रमण गर्ने घोषणा

    एजेन्सी  / पाकिस्तानको तालिवान समूहले गत सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।तालिबानले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सन् २००७ मा स्थापना भएको थियो । त्यसयता उसले गरेका आक्रमणबाट सयौँ नागरिकको ज्यान गइसकेको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • 188 पटक पढिएको
  • क्यामरुनमा पहिरो जाँदा १४ जनाको मृत्यु, अन्य केही बेपत्ता

    एजेन्सी / क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीमा पनि १४ जनाको मृत्यु भएको बताइएको छ ।  समाचार एजेन्सीका अनुसार पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ भने अरु केही बेपत्ता छन् ।पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए । त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 172 पटक पढिएको
  • मलेसियामा श्रमिकका लागि घुम्ती सेवा

    एजेन्सी  / मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न शहरमा घुम्ती सेवा सुरु गरेको छ । राजदूत डिल्लीराज पौडेलका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली श्रमिकको सुविधाका लागि श्रमिकहरू कार्यरत रहेको शहरमै दुतावासबाट सेवा प्रवाह गर्न घुम्ती सेवा सञ्चालन गरिएको हो । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरेका छन् । गैरआवासीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।एक हजार भन्दा धेरै नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 174 पटक पढिएको
  • म्यानमारको सेनाले गर्‍यो पूर्व बेलायती राजदूतसहित ६ हजार कैदी रिहा

    एजेन्सी / म्यानमारको सेनाले बिहीबार विदेशी नागरिकसहित ६ हजार कैदीलाई रिहा गरेको छ । पूर्व बेलायती राजदूत विकी बोमन, जापानी पत्रकार तोरु कुबोटा र आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाली सल्लाहकार सन टर्नेललाई रिहा गरिएको एक शीर्ष सेना अधिकारीले एएफपी समाचार एजेन्सीलाई जानकारी दिएको छ ।सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमान्‌सहित हिरासतमा लिइएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगानाभन्दा फरक ठेगानामा बस्दै थिइन् । र, उनले यसबारे जानकारीसमेत दिएकी थिइनन् ।बोमनलाई पतिसँगै प्रारम्भिक हिरासतमा राखेर जेल पठाइएको थियो । बोमनका पति टान लिन, एक प्रसिद्ध कलाका

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 175 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.