एजेन्सी / उत्तरपश्चिम कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्धार गरिएको छ ।
अविरल वर्षापछि बाढी आएको थियो । राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा बस पुरिएको थियो ।
गृहमन्त्री अल्फोन्सो प्राडाले भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं । उद्दार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ ।’






































