एजेन्सी / क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीमा पनि १४ जनाको मृत्यु भएको बताइएको छ ।  समाचार एजेन्सीका अनुसार पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ भने अरु केही बेपत्ता छन् ।पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ ।

यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए । त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको बताइएको छ ।