एजेन्सी  / पाकिस्तानको तालिवान समूहले गत सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । 

गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धविरामको सम्झौता भएको थियो । तर सरकारले सम्झौता पालना नगरेको भन्दै तालिबानले पनि सम्झौताबाट आफू पछि हटेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

तालिबानले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) सन् २००७ मा स्थापना भएको थियो । त्यसयता उसले गरेका आक्रमणबाट सयौँ नागरिकको ज्यान गइसकेको छ ।