एजेन्सी  / चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । नेता जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको हो । 

उनलाई ल्युकेमिया लगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । जेमिनले सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डोर्याएका थिए । 

OM Sai Pathibhara Hospital

तियानमेन स्क्वायर दमनपछि जियाङले सत्ता हातमा लिएर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गरेका थिए ।