एजेन्सी /  इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोट हुदाँ ९ जनाको मृत्यु भएको छ ।

विस्फोटमा अन्य दुई जना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका हुन् ।