समाज

    Showing 9,901-9,910 of 10,247 items.
  • पूर्वसांसद पौडेलको निधन

    काठमाडौँ / राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । यही वैशाख ११ गते  कोभिडको पहिलो खोप लगाएपछि उहाँलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले जानकारी दिए । शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 101 पटक पढिएको
  • कुटपिटबाट १ जनाको मृत्यु

    सोलुखुम्बु / सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका –७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपीटबाट मृत्यु भएको छ । बैशाख १० गते राती स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुर राई बिच सामान्य घरायशी बिषयमा बादबिबाद भई झगडा हुँदा शन्तुराजले बिर बहादुरलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईतेलाई उपचारको लागी बाँसवारी न्युरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो । घटना बारे जानकारी पाए लगत्तै प्रहरी टोली खटि गई कुटपिटमा संग्लग्न रहेका शन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 124 पटक पढिएको
  • कोरोनाका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित

    बिर्तामोड / नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 113 पटक पढिएको
  • पुल भत्किएको घटनाको छानबिन गर्न माग

    दमौली / तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति तनहुँ र चितवनको संयुक्त पहलमा बसेको बैठकले पुल भत्किएको घटनाको छानबिनका लागि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले भत्किएको पुलको भग्नावशेष आगामी जेठ १५ गतेभन्दा अगावै नदीबाट हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए । चितवनका सङ्घीय सांसद, वागमती प्रदेशका सांसद, तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्र

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 116 पटक पढिएको
  • कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन

    दमक / झापाका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि दमक सहित प्रदेश नं. १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने घेषणा गरेका हुन् ।  नेकपा एमाले निकट युवा सङ्घ झापाका अध्यक्षसमेत रहेका व्यवसायी भण्डारीले विपद्का समयमा मानवीय सहयोग पु¥याउनका लागि आफूले निःशुल्क सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको बताए । उनले उक्त सेवा लिनका ल

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 141 पटक पढिएको
  • समाधिस्थल भत्काएपछि विवाद

    बिर्तामोड / मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ । किरात समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो । लिम्बु, राईलगायत किरात समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् । नेपाल आदिवासी जनजाति महासङ्घ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको बताउँदै बिनाशर्त पुनःस्थापनाको माग गरेका छन् । मेची पुलको दक्षिणपट्टी पाँच कठ्ठा जग्गामा रहेको सो

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 164 पटक पढिएको
  • झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान

    जलेश्वर / गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज जेल चलान गरेको छ ।जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिष झाको जाहेरीले वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यानसम्बन्धी कसुर, आपराधिक संयन्त्र, लागुऔषध र चोरी मुद्दामा प्रतिवादीहरु सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो ।जिल्ला न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासबाट प्रतिवादीहरु कैलाश झा, हर

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 120 पटक पढिएको
  • झापा गाउँपालिकामा कोरोनाबाट एकको मृत्यु

    बिर्तामोड / झापा गाउँपालिका ४ चौधरीबस्तीका एक ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । एक महिनासम्म भारतको कश्मिर बसेर उनी बैशाख १२ गते घर आएका थिए ।भारतबाट आएपछी उनको स्वासप्रस्वासमा समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए । उनका अनुसार उनलाई बिर्तामोडको बिएण्डसी लगिँदा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर, उपचारमा दुई लाख खर्च लाग्ने भएपछि उनलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनलाई धरानले समेत रेफर गरेर बिराटनगरको नोवेलमा पठायो । तर, नोबेलमा उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको बिश्वकर्माले जानकारी दिए । यो सँगै झापा

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 128 पटक पढिएको
  • चुरे क्षेत्रमा पिउने पानीको अभाव

    सर्लाही / चुरे क्षेत्रमा सुख्खा मौसम शुरुसँगै खानेपानी अभाव हुन थालेको छ । वर्षेनी यस मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन् । सुख्खा मौसमसँगै कुवा, खोला र  खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयवासीको गुनासो छ । चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोला लगायत ठाउँका करीब एक हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई फागुन लागेसँगै खानेपानीको अभाव हुन्छ । हरिवन नगरपालिका–१ केराबारीकी रश्मिला जिम्बाले नजीकको कुवा सुकेपछि एक गाग्री पानी लिन घण्टौंँ उकालो–ओरालो गरेर मुहानसम्म पुग्

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 134 पटक पढिएको
  • पौडी खेल्न गएका एक किशोर पोखरीमा मृत फेला

    उदयपुर / त्रियुगा नगरपालिका–४ बगाहामा बुधबार ३ः०० बजे पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट हिँडेका एक किशोर साँझ बगाहा नजिकै जङ्गलमा रहेको पोखरीमा मृत फेला परेका छन् ।जिल्ला प्रहरी कार्यलयका अनुसार यसरी पोखरीमा डुबेर मृत फेला परेका किशोर त्रिनपा–४ का १५ वर्षीय विवेक ढकाल रहेका छन् । जङ्गलको पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट एक्लै हिँडेका ढकाल साँझसम्म पनि घर नआएपछि घरपरिवारसहित स्थानीयवासीले प्रहरीलाई जानकारी गराएर व्यापक खोजी गरेको प्रहरीले जनाएको छ ।खोजी गर्ने क्रममा राति ढकालको कपडा जङ्गलको पोखरीको डिलमा फेला परेको र पोखरीमा खोजी गर्दा ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.