सिन्धुपाल्चोक– बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ। 

आइतबार राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

२०७८ सालको बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो ।

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुका केही वडालाई अस्थायी पुलले जोडेको थियो ।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज हुने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए।