काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । 

OM Sai Pathibhara Hospital

शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।

भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।