काठमाडौं— एसईई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् ।

उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। 

OM Sai Pathibhara Hospital

त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले आफ्नै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । मृतक आशिषको जिल्ला अस्पतालमा पोस्टमार्टमपछि शुक्रबार अन्त्येष्टि गरिएको छ । 

घरजग्गा