लमजुङ— लमजुङको क्ब्होंलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका छन् । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता भएका हुन् ।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङ बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ । 

OM Sai Pathibhara Hospital

रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य घलेले जनकारी दिए। पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्। घटनास्थलमा सदरमुकाम बेसींसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले बताए । 

घटनाको पूर्ण विवरण आउन बाँकी छ ।