समाज

    Showing 8,821-8,830 of 11,162 items.
  • रामेछापमा युवतीमाथि खुकुरी प्रहार, एक जना पक्राउ

    काठमाडौं— रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक युवतीमाथि खुकुरी प्रहार भएको छ। २७ वर्षीया एसिला सुनुवारमाथि बिहीबार ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट एसिलाको बायाँ हातको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते अवस्थामै उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो र अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ।रामेछाप जिल्ला प्रहरी कार्यालयका डीएसपी भोला भट्टले घटनामा संलग्न रजिन सुनुवारलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।प्रहरीले घटनाको कारण र पृष्ठभूमि बारे विस्तृत विवरण संकलन गरिरहेको

    • प्रकाशित मितिः साउन २, २०८२
    • 668 पटक पढिएको
  • श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँमा वृद्धि

    काठमाडौं— सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नयाँ दर आगामी साउन १ गतेदेखि लागू हुनेछ।मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आर्थिक वर्षदेखि यो दर लागू हुने हो। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।नयाँ पारिश्रमिक दर न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसपछि सरकारले निर्णय गरेको हो।

    • प्रकाशित मितिः साउन २, २०८२
    • 647 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

     काठमाडौं— नवलपुरमा गएराति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।हुप्सेकोट गाउँपालिका — ३ भुपती चोकस्थित भित्री सडक खण्डमा गिरुवारीबाट वसन्तपुर तर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेकी ३५ वर्षीया शोभा सिग्देललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते सिग्देलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।दुर्घटनामा सोही ठाउँकी ३५ वर्षीय

    • प्रकाशित मितिः साउन २, २०८२
    • 481 पटक पढिएको
  • पशुपति क्षेत्रको जग्गा जथाभावी भाडामा दिएको गुनासो, जात्रा पर्व सञ्चालनमा सकस

    काठमाडौं – हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर रहेको पशुपति क्षेत्रको जग्गामा जथाभावी मेला, यज्ञ, महायज्ञ वा कोटिहोम संचालन गर्न दिएकोप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।श्रावण महिनामा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड लाग्ने साथै बोल बम यात्रामा देश विदेशबाट मानिसहरु आउँदा भीड व्यवस्थापनमै सकस भइरहेका बेला जथाभावी जग्गा भाडामा दिंदा थप समस्या हुने गरेको उनीहरुको भनाइ छ । पाशुपत क्षेत्रमा हाल ‘श्रीमद्भागवत सप्ताह पितृमुक्ति ज्ञान महायज्ञ–२०८२’,‘ ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ’लगायत अन्य केही कार्यक्रमहरु सुरु भएका छन् । जहाँ हजा

    • प्रकाशित मितिः साउन १, २०८२
    • 441 पटक पढिएको
  • ८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ

    काठमाडौं — एक ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा नेपाली सेनाका हवल्दार दिपक राउत पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ३७ वर्षीय राउतलाई बुधबार राति नागार्जुनको तल्लो टौखेलबाट पक्राउ गरिएको हो। उनी भक्तपुर चाँगुनारायणका स्थायी बासिन्दा हुन् र हाल कपिलवस्तुको गोरुसिंगेमा रहेको शमशेर दल गणमा कार्यरत छन्।प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा राउतलाई पक्राउ गरिएको जानकारी दिए।हाल राउतविरुद्ध अनुसन्धान अगाडि बढाइएको प्रहरी परिसरले जनाएको छ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 456 पटक पढिएको
  • सूचना आयोगले सुरु गर्यो आरटिआई म्यानेजमेन्ट प्रणाली

    काठमाडौं – राष्ट्रिय सुचना आयोगले आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । सार्वजनिक निकायमा भए गरेका काम कारबाहीको सूचनालाई बिहीबारदखि आरटिआई म्यानेजमेन्ट सिस्टम अनलाइन प्रणालीबाट उपलब्ध गराउने गरी यस्तो सेवा सुरु गरिएको हो । आयोगले बिहीबार काठमाडौँंमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारका मन्त्रालयहरु, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तर, कार्यालय स्तरका सूचनालाई अनलाइन प्रणालीबाट माग गर्ने, सूचना उपलब्ध नगराए पुनरावेदन गर्ने बिषयका सुचनाको हकबारे आयोगले बताएको छ । आयोगले प्रणाली सन्चालन गर्नुका साथै संघ र प्रदेश र स्थानीय सरकारले सूचना तथा संच

    • प्रकाशित मितिः साउन १, २०८२
    • 457 पटक पढिएको
  • डेरा लिएर लागुऔषध कारोबार गर्ने तीन जना पक्राउ

    काठमाडौं — कोठा भाडामा लिएर अवैध रूपमा लागुऔषध कारोबारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले काठमाडौं उपत्यकामा विशेष निगरानीपछि उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुमा मोरङको बेलबारी नगरपालिका–३ की ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदमबहादुर मेहता छन्।ब्यूरोका प्रवक्ता एसपी जनकबहादुर शाहीका अनुसार उनीहरूले बसोबास गरिरहेको डेराभन्दा अलग कोठा भाडामा लिएर लागुऔषध भण्डारण तथा कारोबार गर्दै आएका थिए।निकु राईले बालाजुस्थित गंगाहल नजिक लिएको कोठाबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल र करिब १२.५ किलो गाँजा लुकाएर राखेको अवस्थामा फेला प

    • प्रकाशित मितिः साउन १, २०८२
    • 372 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको स्पष्ट भनाइ: “विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व सुम्पिने अवस्था छैन”

    काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्व सुम्पिने विषय हाललाई सम्भव नरहेको स्पष्ट पारेका छन्।पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा सक्रिय भूमिकाको चर्चा भइरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन्।"अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन," ओलीले भने, "उहाँ राजनीतिमा फर्किनुहुन्छ भनेर पार्टीले न सोचेको छ, न निर्णय गरेको छ। उहाँ पार्टीको जिम्मेवारी छाडेर लामो समय बाहिर बस्नुभयो।"ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्कनेबारे कुन

    • प्रकाशित मितिः साउन १, २०८२
    • 420 पटक पढिएको
  • कृष्णपुरमा निःशुल्क शव वाहन सेवा सुरु, नागरिकले पाए राहत

    कञ्चनपुर— कृष्णपुर नगरपालिकाले नगरवासीको सुविधा र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ। नगर प्रमुख हेमराज ओझाका अनुसार, आर्थिक तथा व्यवस्थापकीय रूपमा नागरिकलाई सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको हो।'शव वाहन अभावका कारण नागरिकले निजी सवारी साधनमा शव लैजानुपर्ने बाध्यता हटाउन यो सेवा सुरु गरेका हौं,' प्रमुख ओझाले भने, 'नगरको सामाजिक उत्तरदायित्वअनुसार जनताको दुःखमा साथ दिने हाम्रो प्रयास हो।'सेवा नगरवासीका साथै छिमेकी पालिकाका बासिन्दालाई पनि निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ। शव वाहनको प्रयोगका लागि नागरिकले सम्बन्धित वडा कार्यालय वा

    • प्रकाशित मितिः साउन १, २०८२
    • 646 पटक पढिएको
  • काठमाडौंमा डेङ्गुको जोखिम बढ्दै, सचेत रहन महानगरको आग्रह

    काठमाडौं— निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकामा डेङ्गु रोगको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालका अनुसार, विगत केही सातादेखि नियमितरूपमा पानी परिरहेकाले एडिज जातका पोथी लामखुट्टेको वृद्धि भएको छ, जसको टोकाइबाट डेङ्गु सर्ने सम्भावना उच्च छ।“डेङ्गु सङ्क्रमणको जोखिम बढेकाले घर वरपर पानी जम्न नदिन, झ्याल ढोका झुल लगाउन र शरीर ढाक्ने लुगा लगाउन महानगरले सबैलाई आग्रह गरेको छ,” भुषालले जानकारी दिए।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 787 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.