काठमाडौं— निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकामा डेङ्गु रोगको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालका अनुसार, विगत केही सातादेखि नियमितरूपमा पानी परिरहेकाले एडिज जातका पोथी लामखुट्टेको वृद्धि भएको छ, जसको टोकाइबाट डेङ्गु सर्ने सम्भावना उच्च छ।

“डेङ्गु सङ्क्रमणको जोखिम बढेकाले घर वरपर पानी जम्न नदिन, झ्याल ढोका झुल लगाउन र शरीर ढाक्ने लुगा लगाउन महानगरले सबैलाई आग्रह गरेको छ,” भुषालले जानकारी दिए।