काठमाडौं— रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक युवतीमाथि खुकुरी प्रहार भएको छ। २७ वर्षीया एसिला सुनुवारमाथि बिहीबार ३२ वर्षीय रजिन सुनुवारले खुकुरी प्रहार गरेका हुन्। 

खुकुरी प्रहारबाट एसिलाको बायाँ हातको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते अवस्थामै उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो र अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ।

रामेछाप जिल्ला प्रहरी कार्यालयका डीएसपी भोला भट्टले घटनामा संलग्न रजिन सुनुवारलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

प्रहरीले घटनाको कारण र पृष्ठभूमि बारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।