काठमाडौं— सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नयाँ दर आगामी साउन १ गतेदेखि लागू हुनेछ।

मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आर्थिक वर्षदेखि यो दर लागू हुने हो। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो।

नयाँ पारिश्रमिक दर न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसपछि सरकारले निर्णय गरेको हो।