समाज

    Showing 8,261-8,270 of 10,202 items.
  • बाढीमा फसेका पाँच जनाको उद्धार

    बनेपा— वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बीचमा फसेका पाँच जनाको उद्धार गरिएको छ।बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बीचमा फसेका थिए।पाँच जना मानिस खोलाको बीचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा फसेका उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।सुरक्षा टोलीले ओखलढुङ्गा दुधकोशी गाउँपालिका– ४ का मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका– ५ का टिप्पर च

    • प्रकाशित मितिः असार ६, २०८२
    • 260 पटक पढिएको
  • देवरले गरे भाउजूको विभत्स हत्या

    काठमाडौं— मकवानपुरको थाहा नगरपालिका—१ कुन्छाल बस्ने ५० वर्षीया तुलमाया गोपालीको विभत्सरूपमा हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्काले देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेका जानकारी दिए।खुकुरीले टाउको र घाँटीमा वीभत्स तरिकाले प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि उनी फरार भएकामा अपराह्न खुकुरीसहति पक्राउ परेका प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः असार ५, २०८२
    • 346 पटक पढिएको
  • मितेरी बचत ठगी प्रकरणः कम्बोडियामा पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु

    काठमाडौं— मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई पक्राउ गरी बुधबार राति काठमाडौं ल्याएको हो। उनलाई अब ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।सिआइबीका अनुसार भण्डारीले मितेरी सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूलाई झुक्याएर रु १४ करोडभन्दा बढी रकम विदेश लगिएको अनुसन्धानबाट खुलेको छ।गुरुङले अपचलन गरेको रकम थाइल्याण्ड

    • प्रकाशित मितिः असार ५, २०८२
    • 253 पटक पढिएको
  • जबरजस्ती करणीको आरोपमा बैतेश्वर गाउँपालिका उपाध्यक्षको भाइ पक्राउ

    भक्तपुर— दोलखाको बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीका भाइ सुरेन्द्र उप्रेती जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।भक्तपुरको ठिमीस्थित प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको छ।हाल घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन। प्रहरीले अनुसन्धानको क्रममा पत्ता लागेका थप तथ्यहरू पछि सार्वजनिक गरिने जनाएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 366 पटक पढिएको
  • टिपरको ठक्करबाट एक जनाको मृत्यु

    विराटनगर— मोरङको विराटनगर महानगरपालिका–३ स्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।असार ४ गते दिउँसो को.१ क ९५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक र पछाडि सवार व्यक्ति घाइते भएका थिए।दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ निवासी २० वर्षीय स्कुटर चालक पृतम बजगाई र पछाडि सवार ५० वर्षीय सुसिल बजगाई घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, चिकित्सकले सुसिल बजगाईलाई अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए।दुर्घटनापछि टिपर चालक मोरङ कानेपोखरी गाउँपालिका–३ का

    • प्रकाशित मितिः असार ५, २०८२
    • 305 पटक पढिएको
  • लागू औषधसहित पाँच जना पक्राउ

    विराटनगर— सुनसरी र धनकुटा जिल्लाबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउन सुगरसहित सप्तरी महादेवा नगरपालिका निवासी २२ वर्षीय मुकेश कुमार मण्डल, २८ वर्षीय सन्तोष कुमार मण्डल, र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिनालाई प्रदेश १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँप

    • प्रकाशित मितिः असार ५, २०८२
    • 234 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

    सुनसरी— सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ।दुर्घटना असार ३ गते दिउँसो साढे ३ बजे प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा भएको हो। उक्त मोटरसाइकल धनकुटा जिल्ला पाख्रिबास नगरपालिका–४ घर भई हाल इटहरी–१ मा बसोबास गर्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठले चलाएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार उनकी ४५ वर्षीया श्रीमती हिरा मेघा गम्भीर घाइते भएकी थिइन्।घाइते मेघालाई तत्काल उपचारका लागि विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे थप

    • प्रकाशित मितिः असार ५, २०८२
    • 322 पटक पढिएको
  • विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं— इटाली र अजरबैजानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–७ बसोबास गर्दै आएका १९ वर्षीय दर्शन खड्का र गोरखाको धार्चे गाउँपालिका–५ घर भई हाल तारकेश्वर नगरपालिका–३ बस्ने ३७ वर्षीय सरेश गुरूङ रहेका छन्।दर्शन खड्काले तीन जना पीडितलाई इटाली पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाखका दरले जम्मा छ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, सरेश गुरूङले अजरबैजान पठाइदिने प्रलोभन देखाई दुई जना पीडितसँग दुई लाखका दरले चार लाख रुपैयाँ लिएका थिए। पीडितहरूसँग दुवै जनाले रकम लिएपछि सम्पर्

    • प्रकाशित मितिः असार ५, २०८२
    • 414 पटक पढिएको
  • स्याङ्जामा प्रहरीको अपरेसन:४२ फरार अभियुक्त पक्राउ

    स्याङ्जा— स्याङ्जा प्रहरीले ३३ दिनमा ४२ जना फरार अभियुक्त पक्राउ गरेको छ। ३३ दिनमा विभिन्न मुद्दाका ४२ जना फरार अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये ३४ जना पुरुष र ८ महिला रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनीहरूलाई जरिवाना र कैद सजाए तोकिएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। स्याङ्जा प्रहरीले कार्य विवरण सार्वजनिक गर्दै नदीजन्य पदार्थ अवैध उत्खननमा संलग्न ११ वटा सवारीसाधन नियन्त्रण लिएर २ लाख ६० हजार जरिवाना गरेको जनाएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 267 पटक पढिएको
  • भिजिट भिसा काण्डमा संसदमा कडा आन्दोलन गर्ने रास्वपाको घोषणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।बुधबार बसेको रास्वपा सचिवालय बैठकले ७ गते आन्दोलनकै रुपमा पार्टी स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ।‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने रास्वपा निर्णय छ। रास्वपा वैकल्पिक राजनीतिक पक्षधरहरुलाई एकताबद्ध गर्नुपर्ने निष्कर्षमा पुगेको छ। बैठकले वैकल्पिक राजनीति पक्षधरलाई एकताबद

    • प्रकाशित मितिः असार ५, २०८२
    • 278 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.