काठमाडौं— उड्ने कार तातोपानी नाकामा आइपुगेको छ । भृकुटीमण्डपमा आगामी मंगलबारदेखि शुरू हुने नाडा अटो शोका लागि उक्त कार तातोपानी नाकामा बोकेर ल्याइएको हो । 

बाढीपहिरोले बाटो बन्द भएका कारण कारलाई भरिया लगाइ बोकेर नाकामा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । उड्ने कार यतिबेला नेपाली भन्सार कार्यालयले आइपुगेको हो । 

भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले आयोजना गर्ने शोमा उड्ने कार राखिने छ ।

भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन गर्न पाउने छन् ।