झापा— जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी दमक नगरपालिका–१ बरगाछीकी ४६ वर्षीया सुनिता राईको मृत्यु भएको छ।
साउन ११ गते बिहान करिब ४ः३० बजे ‘मर्निङ वाक’मा निस्किएकी सुनितामाथि बरगाछीस्थित सडकमा जङ्गली हात्तीले आक्रमण गरेको थियो। उनको बहिनी कविता राई पनि सोही घटनामा घाइते भएकी थिइन्।
दमक प्रहरीका निरीक्षक नवीन राईका अनुसार घटनापछि दुवैलाई प्रारम्भिक उपचारका लागि दमक अस्पताल पुर्याइयो, जहाँबाट थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो।
सुनिताको आज बिहान उपचारका क्रममा निधन भएको हो भने कविता राईको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।