काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर रोगसँग लडिरहेका दुईजना बालकलाई आर्थिक सहयोग गरेको छ ।
हाल काठमाडौं स्थित बालकान्ति अस्पतालमा उपचाररत लेकम गाउँपालिका ३ निवासी दुई बर्षीय अनमोल बोहोरा र सिभिल अस्पतालमा उपचाररत महाकाली नगरपालिका ३ निवासी नौं बर्षीय रोशन बडाललाई समितिले १०–१० हजार आर्थिक सहयोग गरेको हो ।
समितिका अध्यक्ष अविरल महताले अस्पतालमा पुगेर विरामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष महताले समितिका सम्पूर्ण सदस्यहरुबाट रकम संकलनगरी आफूहरुको सानो सहयोगले कसैको जीवन मुस्कुराउन मद्दत गर्छ भन्ने किन सकेको सहयोग नगर्ने भन्ने उद्देश्यकासाथ सहयोगी हात अगाडि बढाएको बताए ।
साउनमै गठन भएको उक्त समितिले विभिन्न किसिमका सामाजिक कार्यहरुमा सक्रियता बढाइरहेको छ ।