समाज

    Showing 7,511-7,520 of 11,162 items.
  • चीनले प्रयोगमा ल्यायो स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली

    एजेन्सी— चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो ।जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डिजाइन गरिएको हो । यो नयाँ प्रणालीले सवारी साधनको प्राविधिक र कार्यसम्पादन थ्रेसहोल्ड मापन गर्दछ र तीन तहमा संरचित छ । प्रत्येक तहले उत्पादन स्थिति, अनुसन्धान र विकास लगानीको तीव्रतासँग मेल खान्छ ।सुरक्षा परीक्षणमा दुई प्राविधिक रोडम्यापहरू मार्फत आगामी पाँच वर्षको लागि अनुसन्धान र विकास प्राथमिकताहरू एवम

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 556 पटक पढिएको
  • सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

    काठमाडौं— सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो ।सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली हुनेछ । आईपीओ बाँडफाँट गोला प्रथामार्फत हुनेछ ।कम्पनीले जारी पूँजीको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये १०% वैदेशिक रोजगारीमा रहेका नेपाल

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 611 पटक पढिएको
  • मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङज्यूले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरेका हुन् । छलफलमा मन्त्रीले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिए ।साथै, आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषयहरू भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 522 पटक पढिएको
  • तीन सवारी एक आपसमा ठोक्किँदा ३१ जना घाइते

    हेटौंडा— मकवानपुरको हेटौंडा–१९ दारिमटारमा ट्याङ्कर, ट्रक र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। दुर्घटना पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको हो। पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रु लिएर आएको बस एकआपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।दुर्घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ र घटनाको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानक

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 442 पटक पढिएको
  • जेनजी आन्दोलनपछिको अवस्था गम्भीरः मानव अधिकार आयोगको संयमता र सहकार्यका लागि अपिल

    काठमाडौं— हालैको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति र राज्यका संरचनामा भएको क्षतिले लोकतान्त्रिक अभ्यास, मानव अधिकारको प्रत्याभूति, कानूनको शासन र शान्तिसुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सबै सरोकारवालालाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ।आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी अपिलमा आयोगले यस संवेदनशील अवस्थामा संयम, सहकार्य र एकीकृत प्रयासद्वारा स्थिति सामान्य बनाउन जोड दिएको छ।'सुरक्षा निकाय, अदालत, कारागार, बाल सुधार गृह, जिल्ला प्रशासन कार्यालयलगायतका प्रशासनिक निकायहरूमा पुगेको क्षति तत्काल पुनःसंरचना र मर्मतसम्भार आवश्यक छ,

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 512 पटक पढिएको
  • चिठीपत्र नआएपछि दाङमा पाँच हुलाक कार्यालय बन्द, २५ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा

    दाङ— सेवाग्राहीको चाप नहुँदा दाङ जिल्लाका पाँचवटा अतिरिक्त हुलाक कार्यालय बन्द गरिएको छ। उक्त कार्यालयहरू बन्द गर्ने निर्णय सेवा उपयोगमा आएको गिरावटका कारण गरिएको हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतले जानकारी दिए ।बन्द गरिएका हुलाक कार्यालयहरूमा तुलसीपुर–१३ फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ हलवार, बबई गाउँपालिकाको पुरन्धारा, र दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरी रहेका छन्।'अहिले अतिरिक्त हुलाक कार्यालयको काम शून्यप्रायः बनेको छ,' अधिकृत बस्नेतले बताए, 'केही बैंकका चिठीबाहेक अन्य कुनै पत्र–पत्रिका आउन छाडेका छन्।'उनका अनुसार पछिल्लो समय सेवाग्राहीको संख्या नघटेर ‘शून्यजस्तै

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 543 पटक पढिएको
  • पाँच दिनमा राजधानीबाट करिब १ लाख ९० हजार यात्रु बाहिरिए, अझै बाहिरिने क्रम जारी

    काठमाडौं— चाडपर्वको अवसरमा दशैँ मनाउन राजधानी काठमाडौंबाट पछिल्लो पाँच दिनमा झण्डै १ लाख ९० हजार यात्रु बाहिरिएका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीमार्फत १ लाख ८९ हजार २१८ यात्रु उपत्यका बाहिर गएका हुन्।कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले राजधानीमा अध्ययन, रोजगारी, वा व्यापार व्यवसायका लागि आएका नागरिक चाडपर्व मनाउन घर फर्किन थालेको जानकारी दिए। उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रुहरू विभिन्न गन्तव्यतर्फ गएका छन्।यसैबीच, बर्खे पहिरो र सडकको खराब अवस्थाले यात्रुहरूको यात्रामा अस

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 497 पटक पढिएको
  • दुर्गमका ३५ पालिकालाई काठमाडौं महानगरको एम्बुलेन्स सहयोग

    काठमाडौं— काठमाडौं महानगरपालिकाले देशभरिका दुर्गम क्षेत्रका ३५ स्थानीय तहलाई एम्बुलेन्स प्रदान गर्ने भएको छ। एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको र मङ्गलबारदेखि वितरण सुरु हुने मेयर बालेन शाहले जनाएका छन्।उनका अनुसार पहिलो चरणमा मापदण्डको आधारमा छनोट गरिएका गाउँपालिकाहरूलाई एम्बुलेन्स पठाइनेछ। स्वास्थ्य सेवा पहुँच अभावले पछाडि परेका पालिकालाई प्राथमिकतामा राखिएको बताइएको छ।“स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो,” मेयर शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।”शाहका अनुसार वितरण प्रक्रिया पारदर्शी हुनेछ र कुनै पनि नागरिकले स्वास्थ्य

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 771 पटक पढिएको
  • नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे

    काठमाडौं—  नवनियुक्त ५ जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको छ । राष्ट्रपतिका कार्यालयले सो कुराको जानकारी दिएको हो । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राष्ट्रपतिले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका थिए ।सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।  यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 599 पटक पढिएको
  • नेपालमा किन बढेको बढ्यै छ सुनको मूल्य ?

    काठमाडौं— नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ ।सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको मूल्यवृद्धिले अर्थतन्त्रका विभिन्न तहमा असर पार्ने गर्दछ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आइतबार २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ । नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख का

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 766 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.