हेटौंडा— मकवानपुरको हेटौंडा–१९ दारिमटारमा ट्याङ्कर, ट्रक र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। दुर्घटना पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान भएको हो।

 पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रु लिएर आएको बस एकआपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ र घटनाको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।