काठमाडौं—  नवनियुक्त ५ जना मन्त्रीहरुको शपथ अपरान्ह ३ बजेका लागि तय भएको छ । राष्ट्रपतिका कार्यालयले सो कुराको जानकारी दिएको हो । 

आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राष्ट्रपतिले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका थिए ।

सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।  यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।