समाज

    Showing 5,271-5,280 of 6,831 items.
  • अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ९९ जना महिला प्रहरी कर्मचारी पुरस्कृत

    मोरङ— ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने एवम कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत पुरस्कृत गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत बिभिन्न शाखामा रहेर बिभागीय नीति निर्देशनको पालना गरी आफ्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 274 पटक पढिएको
  • विभिन्न कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

    काठमाडौं— ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस ०८१ फागुन २३ गते विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  ‘सबै महिला तथा बालिकाको लागि–अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । विभिन्न महिला सङ्गठनहरुले ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका थिए । उक्त प्रभातफेरि कार्यक्रम माइतीघर मण्डलाबाट सुरु भई भद्रकाली, रत्नपार्क हुँदै भृकुटी मण्डपमा पुगी सम्पन्न भएको थियो ।सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्द

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 408 पटक पढिएको
  • सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिका– ७ घर भई काठमाडौं टोखा नगरपालिका–९ गणेशथान बस्ने ३५ वर्षीय सर्वराज बिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सर्वराजले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ । 

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 382 पटक पढिएको
  • फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै

    हेटौँडा (मकवानपुर) । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ । फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ । नौ सन्तानकी आमा उनलाई अहिले पनि उही अवस्थाको जीवन र सुत्केरी अवस्थामा कटाएका कहालीलाग्दा दिनहरूले झस्क्याउने गर्छ ।एकमात्र स्थानमा मात्र रहेको वनकरिया समुदायकी मुखिया

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 195 पटक पढिएको
  • प्राकृतिक विपद्बाट हुने क्षतिको आर्थिक सुरक्षाको लागि घर बिमा कार्यक्रम

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीबासीको घर बिमा गर्ने भएको छ । प्राकृतिक विपदलगायतको भवितव्यका कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्न प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकको निजी आवासीय घरको बिमा कार्यक्रम लागू गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।उक्त कार्यक्रमका लागि घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८१ कार्यान्वयनमा ल्याइएको छ । कार्यविधि अनुसार एकाघर परिवारको एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गर्नेछ । प्रदेश सरकारले प्रतिघर अधिकतम २० लाख बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनको हुन आउने बीमा शुल्क वापतको रकममात्र भुक्त

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 238 पटक पढिएको
  • बढी आयोडिन भएको नुन वितरण कार्यमा रोक लगाउन संसदमा माग

    काठमाडौं— प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकीछिन् । बैठकको शून्य समयमा उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएका प्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी नियन्त्रण गर्न माग गरिन् ।सांसद नैनकला थापाले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सबै महिलालाई शुभकामना व्यक्त गर्दै दक्षिण एसियामा महिला आन्दोलनका कारण धेरै अधिकार पाएको स्मरण गर्दै अझै महिलाका अधि

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 185 पटक पढिएको
  • बैंककमा अलपत्र २० नेपालीको उद्धार

    काठमाडौं— दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ।ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको मानव बेचबिखन तथा ओसारपसार ब्युरोले जनाएको छ ।उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दलालले केही समयअघि बैंकक पुर्‍याएका थिए। त्यहाँ पुगेपछि दलालले उनीहरूको पासपोर्ट कब्जामा लिए।पासपोर्ट कब्जामा लिएर दलाल फरार भएपछि नेपाली अलपत्र परेका थिए। अलपत्र परेका नेपालीले बैंकस्थित नेपाली दूता

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 300 पटक पढिएको
  • अनियन्त्रित भई बस पल्टिँदा १५ जना घाइते

    काठमाडौं— महोत्तरीको महोत्तरी गाउँपालिका– ५ गोरिगामामा बस पल्टिँदा १५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ना३ख ८९९७ नं। को यात्रुवाहक बस गति अनियन्त्रित भई खेतमा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए।दुर्घटनामा घाइतेहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा अन्य स्थानहरुमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बस पल्टिएपछि चालक र सहचालक फरार छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तलाल प्रसाद जयसवारले बताए ।

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 203 पटक पढिएको
  • पोखरामा झडप हुँदा प्रदर्शनकारी र नगर प्रहरी घाइते

    काठमाडौं— मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । शुक्रबार महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको हो ।  पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको  थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् ।  फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ ।पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 366 पटक पढिएको
  • करार कर्मचारीलाई स्थायी बनाउने कानुनको विरोधमा विद्यार्थी

    काठमाडौं— सुदूरपश्चिम सरकारले स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले प्रदेश सभाको अगाडि बिहिवार साँझ विरोध प्रदर्शन गरेका हुन्।करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेका विद्यार्थीहरूले प्रदेश सभाको अगाडि टायर बालेर, ढुङ्गा–मुडासमेत गरेर प्रदर्शन गरेका हुन। विधायन तथा प्रदेश मामिला समितिले तयार गरी प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा उल्लिखित उक्त प्रावधानप्रति विद्यार्थी संगठनहरू

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 311 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा