रौतहट— मौलापुर नगरपालिका–३ गम्हरिया टोलमा बिहीबार दिउँसो एक बालकको नालामा डुबेर मृत्यु भएको छ।
स्थानीय राजेश साह तेलीका १५ महिनाका छोरा राजन साह तेली घर नजिकै रहेको नालामा खसेर गम्भीर अवस्थामा परेका थिए। डुबेर अशक्त बनेका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।






































