काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। सोही क्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री नियुक्त गर्ने तयारी भएको हो।

प्रधानमन्त्री कार्कीले शर्मालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने तयारी गरेकी बताइए पनि यसबारे अन्तिम निर्णय भने औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। स्रोतका अनुसार शर्माको शपथ ग्रहण आज दिउँसो २ बजे शीतल निवासमा तय गरिएको छ।

शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरिसकेका छन्। साथै कोभिड–१९ महामारीका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पनि उनको भूमिका रहेको थियो।

शर्मा मन्त्रिपरिषद्मा समावेश भएसँगै अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय बन्ने छ।