काठमाडौं— चोरी भएका स्कुटर तथा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न स्थानबाट बरामद गरिएका सवारी साधन आवश्यक प्रक्रिया पूरा गरी वास्तविक धनीलाई जिम्मा लगाइएको हो।
ट्राफिक प्रहरीले उपत्यकाभित्र चोरी भएका सवारी साधन खोजतलासलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। बरामद सवारी साधन धनीलाई हस्तान्तरण गर्दा आवश्यक कागजात र पहिचानका आधारमा जिम्मा लगाइएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चोरी नियन्त्रणका लागि सचेत रहन र सवारी सुरक्षित रूपमा पार्क गर्न सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।






































