समाज

    Showing 10,131-10,140 of 11,162 items.
  • हुम्लाको लिमीमा सक्यो जनगणना

    सिमकोट / हुम्लाको उत्तरी भेग नाम्खा गाउँपालिका –६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकहरूले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरूले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यस पटकको गणनामा लिम

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 169 पटक पढिएको
  • शुक्लाफाँटामा कुकुरको टोकाईबाट १८ जना घाइते

    कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बोहुला कुकुरको टोकाईबाट १८ जना घाइते भएका छन् । बहुला कुकुरले बुधबार र बिहीबार गरी दुई दिनको अवधिमा शुक्लाफाँटा –४, ११ र १२ का १८ जनालाई टोकेर घाइते बनाएको हो ।कुकुरले २१ पशुचौपायालाई समेत टोकेको छ । स्थानीय बासिन्दाका अनुसार तीन बङ्गुर, दुई बाख्रा, एक पाडी, सात कुकुर तथा सात गोरुलाई समेत कुकुरले टोकेको छ ।घाइते हुनेमा वडा –४ का ६० वर्षीय हरिसिंह राना, १० वर्षीया बालिका रोशनी राना, १८ वर्षीया रविना राना, १५ वर्षीय आकाश राना, २३ वर्षीय रविशना राना, ७ वर्षीय जेन राना, २९ वर्षीया ममता राना, १२ वर्षीय सुशील राना, ८ वर्षीय सुशान्त राना, ३० वर्षीय व

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 262 पटक पढिएको
  • आइतबारदेखि मौसममा क्रमिक सुधार हुने

    काठमाडौं  / अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम आगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्यान्हबाट क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र सुदूरपश्

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 149 पटक पढिएको
  • करेन्ट लागेर झापामा एकको मृत्यु

    बिर्तामोड /  झापाको झापा गाउपालिका ६ भृकुटी चौक की ६२ वर्षीया हरिमाया बि.क.को करेन्ट लागी मृत्यु भएको छ । बिहीबार बेलुका बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै उनको मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 148 पटक पढिएको
  • जनगणनामा सहभागी नहुने कायत समुदायको घोषणा

    बाग्लुङ  / पहिचान विहीन रहेका बाग्लुङका कायत समुदायले जनगणनामा सहभागी नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा सहभागि नहुने कायत समुदायले निर्णय गरेको हो । कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरूले गुनासो छ । जातीय आधारमा जनजाति र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आए पनि पहिचानविहीन यहाँको नौथर समुदाय भित्रका कायत समुदाय पहिचानविहीन बनेका र हालसम्म राज्यले कुनै सुनुवाइ नगरेका कारण जनगणनामा समावेश नहुने

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 228 पटक पढिएको
  • रौतहटमा कार दुर्घटना ,चारको मृत्यु

       रौतहट // रौतहटमा गएको राति कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। चन्द्रनिगाहपुरबाट गौर तर्फ तीव्र गतिमा जाँदै गरेको भारतीय नम्बर यूके १२सी २९०० नम्बरको कार  अनियन्त्रित भई यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक दुर्घटना भएको हो।  झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक दुर्घटनामा परेको कार सडकभन्दा करिब २० मिटर तल पानीमा डुबेको प्रहरीले बताएको छ।  घटनास्थल नजिकै नियमित ड्युटीमा खटिएका प्रहरीले  जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि थप मद्दत मागेको  थियो ।मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको । उनीहरुको

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 192 पटक पढिएको
  • जनगणना : ताप्लेजुङमा तीन सय गणक र सुपरीवेक्षक परिचालन

    ताप्लेजुङ / ताप्लेजुङमा राष्ट्रिय जनगणनाका लागि गणक र सुपरीवेक्षकसमेत झण्डै तीनसय जना परिचालन भएका छन् । बिहीबार आजदेखि शुरु भएको राष्ट्रिय जनगणना २०७८ का लागि उक्त सङ्ख्यामा जनशक्ति परिचालन भएका हुन् ।जिल्ला जनगणना कार्यालय ताप्लेजुङका अनुसार नौ स्थानीय तह र ६१ वटा वडा रहेको जिल्लामा कुल २२९ जना गणक र ६१ जना सुपरीवेक्षक परिचालन भएका छन् । जिल्ला जनगणना अधिकारी मानबहादुर थापाले जनगणनाका लागि छनोट भएका सबै गणक र सुपरीवेक्षक आफ्नो कार्यक्षेत्रमा परिचालित भइसकेका जानकारी दिए ।जिल्ला जनगणना अधिकारी थापाले एकजना सुपरीवेक्षक बराबर एकदेखि छ जनासम्म गणक परिचालित भएका बताए । उनका अनुसार सुपरी

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 131 पटक पढिएको
  • भोलिदेखि जनगणना शुरु

    काठमाडौँ / १२ औँ  राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ ।  बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० अजार जना गणक फिल्डमा खटिने भएका केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनकलाल श्रेष्ठले जानकारी दिए । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको सुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति कहाँ पुग्ने भएका छन् ।उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • 129 पटक पढिएको
  • सात वर्षीया बालिकाको शव खरबारी फेला

    कर्णाली  / लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ।लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।उनकाअनुसार बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी तर घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो। खबर प

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 255 पटक पढिएको
  • सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

    बेनी  / सामूहिक बलात्कारको अभियोगमा तीन युवा पक्राउ परेका छन् । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।तीमध्ये एकजनालाई रूपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।‘आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन’, उनले भने।एक्लै सुतिरहेको अवस्थामा ती युवाले जबर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • 167 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.