बिर्तामोड /  झापाको झापा गाउपालिका ६ भृकुटी चौक की ६२ वर्षीया हरिमाया बि.क.को करेन्ट लागी मृत्यु भएको छ । 

बिहीबार बेलुका बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै उनको मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।