सिमकोट / हुम्लाको उत्तरी भेग नाम्खा गाउँपालिका –६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकहरूले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् । 

लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।

गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरूले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए । 

गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यस पटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण सङ्कलन भएको छ ।

योसँगै हुम्लामा ८० प्रतिशत जनगणना सम्पन्न भएको छ ।