रौतहट // रौतहटमा गएको राति कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

चन्द्रनिगाहपुरबाट गौर तर्फ तीव्र गतिमा जाँदै गरेको भारतीय नम्बर यूके १२सी २९०० नम्बरको कार  अनियन्त्रित भई यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक दुर्घटना भएको हो।

OM Sai Pathibhara Hospital

  झुन्खुवाचौकदेखि उत्तरपट्टी रहेको पेट्रोलपम्प नजिक दुर्घटनामा परेको कार सडकभन्दा करिब २० मिटर तल पानीमा डुबेको प्रहरीले बताएको छ। 

घटनास्थल नजिकै नियमित ड्युटीमा खटिएका प्रहरीले  जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि थप मद्दत मागेको  थियो ।मृतक चारै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको ।

 उनीहरुको परिचय खुल्न बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।