समाचार

    Showing 9,971-9,980 of 19,687 items.
  • रविका पार्टनर छविलाई थप २० दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं— रास्वपाका सभापति रवि लामिछानेका तत्कालीन ‘बिजनेस पार्टनर’ छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी उनलाई २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । 

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 407 पटक पढिएको
  • रवि लामिछानेलाइ पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ।जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएलगत्तै सीआईबीको टोली लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालय पुगेको हो ।सीआईबीका एसपीको कमान्डमा उनलाई पक्राउ गर्न प्रहरी परिचालित भएको हो।उनी अहिले केन्द्रीय कार्यालयमै छन्।पार्टी कार्यालयमा ठूलो संख्या रास्वपा कार्यकर्ता जम्मा भएका छन्। लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप छ।रविको स्टाटस जस्ताको तस्तै पढ्नुहोस्: सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो !!तपाईँको  हात

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 903 पटक पढिएको
  • सहकारी ठगीमा अनुसन्धान गर्न रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    पोखरा — सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।सिआईबी दीपक थापले पक्राउ पुर्जी जारी भएको बताए ।पक्राउ पुर्जी अनुमतिका लागि कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलिया, डीएसपी बसन्तकुमार शर्मा अदालत पुगेका थिए । उनीहरु पक्राउ पुर्जी लिएर अदालत परिसरबाट बाहि

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 480 पटक पढिएको
  • सन्दीपलाई अमेरिकाले दियो भिसा

    काठमाण्डौ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 470 पटक पढिएको
  • रबि पक्राउको चर्चा चलेपछि पार्टिकार्यालयमा बक्लियो नेताकार्यकर्ताको उपस्थिति

    काठमाण्डौ ।  विपक्षी दलहरूको बैठकमा सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने संसद् भवन बानेश्वरबाट उपसभापति डीपी अर्यालको गाडीबाट बाहिरिएका छन्। प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको चर्चाका बिच लामिछानेले संसद् भवनबाट बाहिरिएलगत्तै उनी पार्टी कार्यालय वनस्थली पुगेका छन् । पक्राउको चर्चा चलेपछि पार्टी कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको छ । बनस्थलीमा यतिबेला कार्यकर्ताको भीड लागेको छ । रविलाई पूर्वाग्रही ढंगले पक्राउ गरिएमा सशक्त प्रतिवाद गर्ने कार्यकर्ताको तयारी छ । बनस्थलीमा रहेका रास्वपा नेताका अनुसार कार्यकर्तालाई पार्टी कार्यालय आउ

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 669 पटक पढिएको
  • विपक्षी दलको बैठक सकियो - रवि लामिछाने पक्राउ पर्न सक्ने

    काठमाण्डौ  ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए।शुक्रबार बसेको प्रतिपक्षी दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन्। बिहीबारको सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलका नेताबीचको बैठकको छलफलबारे जानकारी दिँदै उनले सरकार रविलाई सहकारी ठगीमा पक्राउको तयारीमा रहेको जानकारी गराएका थिए।शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 964 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।आज रात

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 327 पटक पढिएको
  • विपद संकटग्रस्त स्थानीय तहले एक करोडसम्म राहत पाउने

    काठमाडौं— बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ ।बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ ।जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो समूहमा रहेका ५० स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 275 पटक पढिएको
  • गौशाला धर्मशाला विवाद मिलाउन पर्यटन मन्त्रालयले बोलायो परिषद्‌को बैठक

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले  गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् ।पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिएका हुन् । साथै उनले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकार

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 304 पटक पढिएको
  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियारमा उजुरी दर्ता

    काठमाण्डौ  । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिन्धुलीका युवराज पौडेल(सफल) ले आज उजुरी दर्ता गराएका हुन् ।एमाले अध्यक्ष समेत रहेका प्रधानन्त्री ओलीविरुद्ध विवादास्पद व्यापारी मिनबहादुर गुरुङसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि जग्गा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । पार्टी कार्यालय निर्माणका नाममा जग्गा लिएको र व्यापारीले भवन पनि बनाइदिने भनेको भन्दै ओलीविरुद्ध उजुरी परेको हो। देशकै प्रधानमन्त्रीले कानुन उल्लंघन गरेको भन्दै सफलले उजुरीमा भनेका छन्, ‘सो कार्यमा संलग्न वा विवादास्पद व्यक

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 752 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा