काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको पुष्टि गरेका छन् । उनले भोली मात्रै श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताए । उनले भने, ‘पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनको भएको छ । आज उनको शव हेलिअस हस्पिटलमा छ । भोली मात्र पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिनेछ ।’
शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने पनि उनले बताए ।





































