काठमाडौं— ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ रहेको छन् ।
हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई विहीबार पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।