ललितपुर— जेनजी आन्दोलनको नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीको घटनामा गोदावरी सनराइज प्रदर्शनी केन्द्र पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। नेपालको दोस्रो ठूलो सम्मेलन स्थलका रूपमा विकास गरिएको यो केन्द्र ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको थियो।

करिब ३,००० सिट क्षमताको उक्त भवनको निर्माण कार्य ६२ करोड रुपैयाँको ठेक्का मूल्यमा सुरु भएको भए पनि कुल लागत बढेर ८१ करोड रुपैयाँ पुगेको थियो।

विशाल संरचना, आधुनिक सुविधाहरू र उच्च क्षमताका कारण यस केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी र सांस्कृतिक कार्यक्रमका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको थियो। तर आगलागीपछि यो संरचना पूर्ण रूपमा प्रयोगविहीन बनेको छ।

घटनापछि सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित निकायहरूले क्षतिको विवरण संकलन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएका छन्। गोदावरी नगरपालिकाका अनुसार केन्द्र पुनर्निर्माणको विषयमा चाँडै निर्णय लिने तयारी भइरहेको छ।