मोरङ— विराटनगर महानगरपालिका–८ मा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारलाई शंकास्पद ठानेर गएराति चेकजाँच गर्दा कारभित्र ५३८ किलो गाँजा फेला परेको मोरङ जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।
मोरङ प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो। बरामद गाँजासँगै कार चालक र सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।
प्रहरीका अनुसार पक्राउ प्रक्रिया र अन्य अनुसन्धानहरू अहिले भइरहेको छ।