समाचार

    Showing 9,891-9,900 of 23,636 items.
  • ओलीको उमेर घटाउने तर्कप्रति भीम रावलको कटाक्ष : "सुतेको समय पनि घटाउने?"

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर सीमा हटाउने सन्दर्भमा आफूले जेलमा बिताएको १४ वर्षलाई उमेर सीमा गणनाबाट घटाउनुपर्ने तर्क राखेको विषयमा पूर्व नेता भीम रावलले कटाक्ष गरेका छन्।एमाले छाडेर हाल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका रावलले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै ओलीको तर्कप्रति व्यङ्ग्य गरेका हुन्। उनले भनेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न अब बाल्यकाल, सुतेको समय, र बिरामी भई काम नगरेको अवधि पनि घटाएर उमे

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 319 पटक पढिएको
  • अध्यागमन सुधारको अभियान: विमानस्थलमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सुधारको पहलस्वरूप गृह मन्त्रालयले ४५ जना नयाँ शाखा अधिकृत खटाएको छ। लोकसेवा आयोगबाट पास भएका यी अधिकृतहरूलाई तीन दिने तालिमपछि आजदेखि अध्यागमन कार्यालयमा खटाइएको हो।सहसचिव नरहरि घिमिरे विमानस्थलस्थित अध्यागमन कार्यालयका नयाँ प्रमुखका रूपमा नियुक्त भएका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा कार्यरत थिए।अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले प्रमुखसहित सबै ४५ अधिकृत सोमबारदेखि कार्यरत भइसकेको जानकारी दिए।गृह मन्त्रालयले अध्यागमनमा खटाइएका अधिकृतहरूको दरबन्दी मिलाउन मन्त्रालयबाट सोही संख्यामा अधिकृत ताने

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 494 पटक पढिएको
  • खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण

    काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतका कामलाई प्रभावकारी बनाउन आइतबार राति अनुगमन गरेका छन् । गत राति मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिच्छाइएको स्थलहरूमा छड्के अनुगमन गरेका हुन् । मन्त्री यादवले गत राति खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्धारा बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडकका क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रण

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 317 पटक पढिएको
  • अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

    पोखरा – गत शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरुमा पानीको बहाब बढेसँगै विभिन्न स्थानहरु डुबानमा परेका छन् । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के पुल आसपासका क्षेत्रमा लेदो र पानीसहितको बाढी पसेको हो । काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ । ढल्के पुलकी ५१ वर्षीया दीपा लामाको दुई कोठाको कच्ची घर खोलाले कटान गर्दा पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।पोखरा–१८, पोखरा–२० तथा अन्नपूर्ण गाउँ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 386 पटक पढिएको
  • उपनिर्वाचनका लागि असोज २१ गते उम्मेदवारी दर्ता

    रुपन्देही— निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । निर्वाचन कार्यक्रमअनुसार असोज २१ गते उम्मेदवारी दर्ता हुने छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । यस्तै, सोही दिन उम्मेदवारको सूची प्रकाशन हुनेछ भने असोज २२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।यसैगरी असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी सोही दिन

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 529 पटक पढिएको
  • राप्ती हाइड्रोको अवितरित हकप्रद सेयर लिलामी बिक्रीमा राखिने

    काठमाडौं— राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ। असार १ गतेबाट हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।जसमा बिक्री हुन बाँकी रहेको कुल ७ लाख ४ हजार १११ कित्ता सेयर बोलकबोल बढाबढ मार्फत बिक्री गर्ने भएको हो । सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समुहतर्फको लकइनमा नरहेको (साउन ८ गतेसम्म लकइन) १ लाख ४० हजार १०१ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो ।बिक्रीमा राखिने सेयरमा इच्छुक जोहीकोही व्यक्ति तथा संस्थाले खरिदका लाग

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 559 पटक पढिएको
  • तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो

     काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् ।टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिइन् ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 549 पटक पढिएको
  • तारकेश्वरमा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

    काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा खेल मैदानको बारमा एक महिला झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेकी छन्।कालो कपडा, झोला र जुत्ता लगाएकी ती महिलाको परिचय अहिलेसम्म खुलेको छैन। घटनास्थलमा अहिले स्थानीयको भीड लागेको छ भने महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।प्रहरीका अनुसार महिला झुन्डिएको अवस्थामा फेला परेपछि घटनास्थल सुरक्षित राखी थप अनुसन्धान भइरहेको छ। मृतकको पहिचान खुलाउन र घटनाको कारण पत्ता लगाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।स्थानीय बासिन्दाले बिहान खेल मैदानतर्फ जाँदा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्र

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 535 पटक पढिएको
  • पाँच स्थानमा एकतर्फी सडक सञ्चालन, ६ स्थानमा राजमार्ग पूर्णरूपमा अवरुद्ध

    काठमाडौं— वर्षापछि आएको बाढी र पहिरोको कारणले देशका विभिन्न सडक अवरुद्ध छन् । नेपाल प्रहरीकाअनुसार अहिले ६ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ । बाढीपहिरोले संखुवासभास्थित कोशी राजमार्ग अवरुद्ध छ ।पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध छ । फिदिम–४ र हिलिहाङ–७ को संगमस्थल हेवाखोलामा बाढी आएर ‘डाइभर्सन’ बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।त्यसैगरि काठमाडौं–नुवाकोट सडक, बागलुङको मध्पहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडक तथा रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन् । अवरुद्ध सडकको पहिरो हटाउनेसहितका मर्मतको काम जारी रहेको प्रहर

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 473 पटक पढिएको
  • शिव श्री हाइड्रोपावरलाई धितोपत्र बोर्डले दियो हकप्रद सेयर निष्कासनको अनुमति

    काठमाडौं— नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छ।बोर्डले शिव श्री हाइड्रोपावरलाई १ बराबर १ कित्ताको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।कम्पनीको हकप्रद सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ भएकाले यसबाट कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ उठाउनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 629 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.