समाचार

    Showing 9,481-9,490 of 23,626 items.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा गर्यो संगठन विस्तार

    काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हङकङमा संगठन विस्तार गरेको छ। पार्टीको प्रवास नेपाली सम्पर्क विभागले स्थानीय संयोजकको रूपमा झमबहादुर गुरुङलाई जिम्मेवारी तोक्दै आफ्नो संगठन हङकङसम्म पुर्‍याएको हो।सम्पर्क विभागका सचिव पदमराज पन्थीले नेपालखबरलाई जानकारी गराएअनुसार झमबहादुर गुरुङ संयोजक रहने गरी जिम्मेवार तोकिएको छ। उनको संयोजनमा अब छिट्टै तदर्थ समिति बन्छ।यो सँगै हङकङमा रास्वपा चलायमान हुन थालेको छ। जसको परिणामस्वरुप हिजो (आइतबार) हङकङवासी रास्वपा समर्थकले भेला आयोजना गरेका छन्।जोर्डनस्थित लाखे रेस्टुरेन्टमा आयोजना गरिएको भेलामा पार्टी सभापति रवि लामिछानेप्रति भइरहेको ‘प्र

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 587 पटक पढिएको
  • काठमाडौं सुन्दरीजलस्थित खोलामा डुबेर १ जनाको मृत्यु

    काठमाडौं  – काठमाडौं सुन्दरीजलस्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।​ गएराति गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित खोलामा डुबेर काठमाडौं कपन बस्ने चितवन घर भएकी ३५ वर्षीया सन्ध्या धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 415 पटक पढिएको
  • बागमती नगरपालिकाका मेयर थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा आज सुनुवाइ

    काठमाडौं – बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ भइरहेको छ ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो । मेयर थापाविरुद्धको मुद्दा गत असार १२ गतेदेखि ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहेको छ ।गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ मा ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । थापाको बिगो कायम गरिएको रकम बराबरको

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 664 पटक पढिएको
  • अहिलेको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको छ : कुलमान घिसिङ

    नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अहिलेको नेतृत्वले व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘उज्यालो नेपाल अभियानका’साथ अमेरिकाको भ्रमणमा रहेका घिसिङले अस्टिनमा रहेका नेपाली समुदायले गरेको कार्यक्रममा विद्युत् उत्पादन पर्याप्त रहेता पनि प्राधिकरण नेतृत्वले व्यवस्थापकीय क्षमता देखाउन नसक्दा देशभरि विद्युत् आपूर्तिमा समस्या रहेको टिप्पणी गरे । घिसिङले भने, ‘नयाँ व्यवस्थापन आएपछि विगतमा सुरु गरिएको सही व्यक्तिलाई सही ठाउँमा लत्त्याएर राम्रो काम गरिरहेकालाई कुलमानका मान्छे भन्दै जिम्मेवारीबाट हटाउन सुरु गरियो,

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 502 पटक पढिएको
  • पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ

    पर्सा–  पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।​ वीरगन्ज महानगरपालिका- १६ इनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेब खाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी चौकी इनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 543 पटक पढिएको
  • ३५ वर्षपछि घर फर्किए जुठे, मृत घोषित श्रीमान् को जीवित आगमनले उजेली परिवारमा खुसीको भेल

    गोरखा  – गोरखा नगरपालिका–४ फिनामकी ६३ वर्षीया उजेली कामीलाई आँबुखैरेनीबाट साथीले फोन गरिन् । श्रीमान् कलकत्ताबाट घर फर्किँदै गरेकाले बाटोसम्म लिन आउन सूचना गरिन् ।उजेलीलाई साथीको फोनले पत्याउनु कि नपत्याउनु दोधार पार्‍यो । उनले जेठो छोरोलाई सो खबर जस्ताको तस्तै सुनाइन् । ‘जेठोले पत्याउँदै पत्याएन । बाबालाई बजारसम्म लिन जाम न हिँड भनेँ । बजारसम्म त आयो तर नपत्याएर घर फक्र्यो’, उजेलीले हालैको घटना सुनाउँदै भनिन्, ‘मचाहिँ पर्खेर बसेँ । साँझ ७ बजेतिर खैरेनीबाट ट्याक्सीमा आउनुभा’को रछ । ट्याक्सीबाट झर्नुभयो । उहाँले त मलाई एकछिन टोलाएर हेरेपछि चिन्नु भएछ । तिम्रो बुढो मै हो भनेर ठिंग उभिनुभो ।

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 856 पटक पढिएको
  • सुनसरीमा वर्षा पछि किसानमा खुसी, धान रोपाइँमा तीव्रता

    सुनसरी –  लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले बताए । पानी नभएर रोपाइँ गर्न नपाएका किसान समेत अहिले रोपाइँ गर्नका लागि जुटेको स्थानीय किसान बबलु खड्गाले बताए ।पानीले नभएकाले सुक्न थालेको रोपो र बीउ समेत जोगाउनका लागि मद्दत पुगेको

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 604 पटक पढिएको
  • जयबहादुर थापाको गोठ भत्किदा पाँच पशुचौपाया मरे

    रेसुङा –  गुल्मीको मुसिकोट नगरपालिका–१, रगनाम बस्ने ६६ वर्षीय जयबहादुर थापाको गोठ भत्किदा पाँच पशुचौपाया मरेका छन् । वर्षाका कारण थापाको ढुङ्गा माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ भत्किएको छ ।गोठमा रहेका तीन गाई, एक बाच्छा र एक बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पौदी अमराई प्रहरी चौकी गुल्मीबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरी नेतृत्वको टोलीले घटना मुचुल्का गरिरहेको सारुले बताउनुभयो । 

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 620 पटक पढिएको
  • महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारी आवागमन रोक

    कञ्चनपुर –  नेपाल–भारत जोड्ने बनबासा पक्की पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि उक्त पुलमा चारपांग्रे सवारीको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भनेको छ- मिति २०८२।०४।१९ गते बिहान ८ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित महाकाली नदीमा पानीको बहाव वृद्धि भई १,०९,९८० क्युसेक पुग्न गई  महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।'

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 620 पटक पढिएको
  • तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष रिमालको ४४ वर्षको उमेरमा निधन

    नुवाकोट – नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ। ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौँमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ।गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो। नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित थिए।उनको निधन प्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाँउपालिकाले आज शोक बिदा दिएको छ। गाँउपालिका अध्यक्ष शिव अधिका

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 509 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.