सिमरा— बाराको प्रसौनी गाउँपालिका–५ स्थित दुधौरा खोलाले शनिबार एक किशोरलाई बगाएर बेपत्ता बनाएको छ।
टिकटक भिडियो बनाउने क्रममा १७ वर्र्षीय बिक्की खोलामा हाम फालेपछि बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार, दुई जना युवक खोलामा हाम फालेका थिए। तीमध्ये एकजनालाई सुरक्षित निकालिएको छ भने विक्की भने बेपत्ता भएका हुन्।
घटनापछि खोजी कार्यका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ।