काठमाडौं । सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले टेन्डर सूचना पत्रपत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान हटाइएको निर्णय कानुनी रूपमा चुनौती दिँदै रिट दायर गरेका हुन्।

रिटमा नयाँ व्यवस्थाले सञ्चारमाध्यमको आम्दानीमा गम्भीर असर पर्ने, सार्वजनिक सूचना प्रवाह कमजोर हुने तथा पारदर्शितामाथि प्रश्न उठ्ने जिकिर गरिएको छ।

सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट संवैधानिक इजलासमा सुनुवाइका लागि अघि बढाइनेछ। अब अदालतको निर्णयले सार्वजनिक खरिद प्रक्रिया र टेन्डर सूचना प्रकाशनसम्बन्धी नयाँ व्यवस्थाको वैधानिकतामाथि टुंगो लगाउनेछ।