काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड साढे चार घण्टापछि पुनः सञ्चालनमा आएको छ।
आज बिहान करिब पौने ९ बजे सडकमाथिबाट पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक विभागको पहलमा पहिरो हटाउने काम सम्पन्न भएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन्। यद्यपि वर्षायाम जारी रहेकाले उक्त सडकखण्डमा यात्रा गर्ने सवारी चालकलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।






































