काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रस्तावित निर्वाचन आयुक्त गुरु वाग्लेसँग निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने रणनीति र विदेशमा रहेका नेपालीका लागि मतदान प्रणाली कार्यान्वयनको तयारीबारे स्पष्ट योजना मागेकी छन्।

संसदीय सुनुवाइका क्रममा अर्यालले निर्वाचनमा हुने आर्थिक प्रभाव, शक्ति प्रदर्शन र धाँधलीका आशंकालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आयोगको कार्ययोजना के छ भन्ने प्रश्न उठाइन्।

उनले विदेशमा रहेका लाखौं नेपालीलाई मताधिकार दिने प्रतिबद्धता व्यवहारमा कसरी कार्यान्वयन हुन्छ, त्यसका लागि आवश्यक बजेट, प्राविधिक क्षमता, भौतिक पूर्वाधार र व्यवस्थापनको स्पष्ट खाका प्रस्तुत गर्न पनि आग्रह गरिन्।

साथै, वर्तमान निर्वाचन कानुनका कमजोरीका कारण निर्वाचन महँगो र जटिल बन्दै गएको उल्लेख गर्दै कानुनी सुधारका ठोस प्रस्ताव सार्वजनिक गर्न प्रस्तावित आयुक्तसँग सांसद अर्यालले माग गरेकी छन्।