समाचार

    Showing 9,471-9,480 of 25,699 items.
  • लागुऔषध चरेससहित एक व्यक्ति पक्राउ

    दार्चुला— दार्चुलाको दुहु गाउँपालिका–६ स्थित झोलुङ्गे पुल नजिकैबाट प्रहरीले चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम रहेका छन्।जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट खटिएको टोलीले शनिबार उनलाई शंका लागेर जाँच गर्ने क्रममा ४८० ग्राम चरेस फेला पारेको हो।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 700 पटक पढिएको
  • नेपालबाट मनसुन बहिर्गमनको अन्तिम चरणमा पुगेको छ : उपमहानिर्देशक रेग्मी

    काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन् । बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले  गत १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा पनि भारी वर्षाहरू भएको थियो ।उक्त मनसुनी वायु बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिने अवस्थामा रहेको जल तथा मौसम विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीले बताए ।  उनले भने, ‘बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बा

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 355 पटक पढिएको
  • देशभर बाढीपहिरोमा परी ४३ जनाको मृत्यु, पाँच जना बेपत्ता

    काठमाडौं— देशभर बाढीपहिरोमा परी ४३ जनाको मृत्यु भएको छ । इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । यस्तै १२ जना घाइते भएका छन् । दुई जनाको हवाई उद्धार गरिएको छ । 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 512 पटक पढिएको
  • बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति

    काठमाडौं । असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।उर्जा जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नदी कटान, डुबान र बाढीका कारण उक्त क्षति भएको हो ।‘प्रारम्भिक विवरणअनुसार करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नदी नियन्त्रणतर्फ झापाको गौरीगञ्ज–२ मा कन्काई नदीले हुलाकी राजमार्ग नजिक करिब २०० मिटर तटबन्ध कटान गर्दा होकलबारी गाउँका ११४ घर बारी डुबानमा परेका छन् र करिब ५०० हेक्टर धान ख

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 219 पटक पढिएको
  • इलाममा मृत्यु हुनेको संख्या ३७ पुग्यो

    काठमाण्डौ । इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना, सन्दकपुर गाउँपालिकामा ६ जना गरी जम्मा ३७ जनाको मृत्यु भएको हो । हालसम्म सुर्योदय नगरपालिकामामा घाइते हुनेको संख्या २ र माङसेवुङ गाउँपालिकामा ३ जना रहेको छ । 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 343 पटक पढिएको
  • लखन्देहीको बाढीले बाँध भत्काउँदा चारसय बढी घर डुबानमा

    सर्लाही । अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति पु¥याएको छ ।बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको पक्की हुलाकी सडक करिब १५ मिटरसम्म बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ ।यसैगरी, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ र बलरा नगरपालिका–२ मा सयौं घर डुबानमा परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।‘प्राथमिक उद्धारपछि बाढीग्रस्त क्षेत्रमा अहिल

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 269 पटक पढिएको
  • मालिकार्जुन प्रहरी चौकीमा कुटपिट र धम्कीपूर्ण अडियो सार्वजनिक, इन्चार्ज धामी विवादमा

    दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ०३ स्थित प्रहरी चौकीमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र धामीको एक विवादास्पद अडियो सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा उनले सोही चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश सिंह धामीमाथि गाली गलौज, कुटपिट र गोली ठोक्ने धम्की दिएको स्पष्ट रूपमा सुनिन्छ ।स्थानीय स्रोतका अनुसार विवादित दुबै प्रहरी एकै ठाउँका स्थायी बासिन्दा हुन् र उनीहरूबीच काका–भतिजको नाता रहेको बुझिएको छ । अडियोमा स्पष्ट रूपमा सुन्न सकिन्छ कि इन्चार्ज धामीले महेशलाई “तेरो खुट्टा भाँचिदिन्छु” भन्दै अश्लील र अपमानजनक शब्द प्रयोग गरेका छन् ।स्रोतका अनुसार, इन्

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 3,878 पटक पढिएको
  • फिल्म क्षेत्रलाई विपद्को असर : ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर

    काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो ।यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ ।चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ ।  उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत ग

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 267 पटक पढिएको
  • इलाममा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता

    विराटनगर । अविरल वर्षा र पहिरोका कारण इलाममा मानवीय क्षति लगातार बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ३५ जनाको ज्यान गएको छ।सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिएको जानकारी अनुसार अझै धेरै व्यक्ति बेपत्ता रहेका छन्। सुरक्षाकर्मीको टोली निरन्तर उद्धार कार्यमा सक्रिय छ र बेपत्ता तथा घाइतेको खोजी–उद्धारमा खटिएको छ।धौवजीले थपे, ‘अविरल वर्षा र पहिरोका कारण पहुँच मुश्किल भएको स्थानमा उद्धार कार्य चुनौतीपूर्ण छ। सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न प्रयास जारी छ।’

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 398 पटक पढिएको
  • नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

    काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डमा एकतर्फी रुपमा यातायात सुचारु भएको छ । उक्त खण्डको तुइन खोला क्षेत्रमा शनिबार आएको पहिरो हटाउन थालेसँगै एकतर्फी यातायात सञ्चालन गरिएको सड्क विभागले जनाएको छ ।उक्त खण्डमा पहिरो हटाउने काम चलिरहेको हुँदा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार तीनवटा भारी उपकरणहरूले पहिरो हटाउन सक्रिय रूपमा काम गरिरहेका छन् र चाँडै नै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ ।सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.