काठमाण्डौ । चीन केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। चिनमा तिब्बतको दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।भूकम्पको धक्का काठमाडौँ लगायत अन्य जिल्लामा पनि महसुस भएको छ ।यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ।आज बिहान काठमाण्डौमा ६:५१ बजे भूकम्पको डरलाग्दो धक्का महशुस गरिएको छ। कम्पनसँगै काठमाडौंका सर्वसाधारण सडकमा निस्किएका थिए । भूकम्पको धक्का झापा, काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतक
झापा :सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट पछिल्ला पाँच महिनाको अवधिमा ८३ जना नेपालीको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावणदेखि मंसिर महिनासम्म जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने ५ सय ९९ जना घाइते भएका छन ।यो अवधिमा नेपाल प्रहरीले २५६ जनाको उद्धार र उपचारमा सहयोग पुर्याएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो।सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन्। २३६ जनाको प्रहरीले उद्धार गरेको छ। त्यस्तै हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भ
काठमाण्डू :सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ ।घिसिङसँग ९ बुँदे स्पष्टीकरण माग्दै अन्तिम बुँदामा 'तपाईंको नियुक्तिको अन्त्य किन नगर्ने' भनेर सोधेको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय घिसिङका नाममा सोमबार ९ बुँदे स्पष्टीकरण पत्र पठाएको हो। पत्र प्राप्त गरेको सात दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नआए कानुनबमोजिम थप प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख छ।
बिराटनगर :गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराईलाई सरुवा गर्दै सहसचिव इन्द्रदेव यादवलाई मोरङको सिडिओ बनाएको छ। यादव यसअघि चितवन, इलाम, र सुनसरीका सिडिओ रहिसकेका छन्।साथै, गृहले काठमाण्डूका सिडिओ जयनारायण आचार्यलाई मन्त्रालयमा तानेर सहसचिव ऋषिराम तिवारीलाई काठमाण्डू पठाएको छ। सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा तानेर धर्मेन्द्र मिश्रलाई सुनसरी सरुवा गरिएको छ।त्यस्तै, झापाका सिडिओ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालयमा तानेर सर्लाहीका सिडिओ गोपाल कुमार अधिकारीलाई झापा पठाइएको छ। कैलालीका सिडिओका रूपमा गोगन बहादुर हमाल र तुलसी बहादुर श्रेष्ठलाई
काठमाण्डौ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा बाक्लो हुस्सु\कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।राती देशको कोशी, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । उच्च
काठमाण्डू :ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्।सिंहदरबारमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी नवराज अधिकारीले जानकारी दिए।नेपालले सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत मध्यान्ह १२ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना दिने जानकारी दिएका थिए।
काठमाण्डू :रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरूले सोमबार ललितपुरको ग्वार्कोस्थित ईपीएस शाखा घेराउ गरेका छन् ।भाषा परीक्षा पास गरेको एक वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान नपाएको भन्दै उनीहरूले ईपीएस शाखा घेराउ गरेका हुन् ।
झापा :सरकारले सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाइएको छ । यात्रुबाहक सवारी साधनको भाडा ३.३० प्रतिशत, मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढेको छ ।
झापा । झापा जिल्ला अदालतले आज विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । आदेश बमोजिम उनी आजै पुर्पक्षका लागि झापा कारागार चलान भएका छन् । घरेलु कामदारको रुपमा बस्दै आएकी १५ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गत मङ्सिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी थुनाकै क्रममा उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल भर्ना भएका थिए । ‘प्रहर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा नम्रता सिंहसहित आठ जना र एउटा कृषि फार्मविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।आव २०७९र०८० मा मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमको रकममा भ्रष्टाचार गरेको, नक्कली बिल भरपाइका आधारमा भुक्तानी दिएको र ‘स्पेशिफिकेशन’ अनुसारको सामान खरिद नगरेका भन्दै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.