दार्चुला— दार्चुलाको दुहु गाउँपालिका–६ स्थित झोलुङ्गे पुल नजिकैबाट प्रहरीले चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट खटिएको टोलीले शनिबार उनलाई शंका लागेर जाँच गर्ने क्रममा ४८० ग्राम चरेस फेला पारेको हो।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।