समाचार

    Showing 8,061-8,070 of 25,627 items.
  • सर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु

    सर्लाही— सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका – ७, भगवानपुर निवासी ललिता देवीका १५ महिने बालक आर्यन कुमार महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ललिताले बालटिनमा कपडा धोई सुकाउन गएको समयमा आर्यन खेल्ने क्रममा उक्त बाल्टिनमा रहेको पानीमा डुबेका थिए।बालकलाई तत्काल उपचारका लागि अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • 170 पटक पढिएको
  • आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    काठमाडौं— आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।मंसिर ४ गतेका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि बोलाइएको थियो । गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तय गर्न मतभिन्नता देखिएपछि बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिए पनि अनौपचारिक छलफल गरी सहमतिको प्

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • 268 पटक पढिएको
  • कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी झिलझिलेका इन्स्पेक्टर सुभाष केसी

    विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ।केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूको पहिचान तथा निगरानी सुरु गरेको थियो। घटनामा ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि हुँदै जाँदा उनले सूक्ष्म रुपमा तथ्यहरू जोड्दै अनुसन्धानलाई निर्णायक दिशातर्फ अघि बढाए।उनकै निर्देशनमा कार्तिक १३ गते मेचीनगर–१३ स्थित सामुदायिक वनमा पीडितले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारियो

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • 269 पटक पढिएको
  • आजको मौसमः कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना

    काठमाडौं—  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।यस्तै, राति भने कोशी, गण्ड

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • 215 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ र

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • 275 पटक पढिएको
  • आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल

    काठमाडौं— आज २०८२ साल मंसिर ६ गते शनिबार। मेषः दिन राम्रो छ । आज सुरुवात गरेको काम दीर्घकालसम्म रहनेछन् । प्राविधिक शिक्षामा प्रगति हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा शान्ति मिल्नेछ ।वृषः दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक संगठनमा अगाडि नबढ्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।मिथुनः दिन सहज छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अपरिचित साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ ।कर्कटः अचानक धन खर

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • 298 पटक पढिएको
  • एनपीएल : पोखरा एभेन्जर्समाथि सुदूरपश्चिम रोयल्सको विजयी

    काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनले विजय हासिल गरेको छ । आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको पोखराले सुदूरपश्चिमसँग १८ रनले पराजय हुन पुग्यो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय खेले तर जित हासिल गर्न सकेनन् । यस्तै, कुशलले ३२ बलमा ५३ रन, जिम्मी निशमले ४७ रन, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रन बनाए । यसैगरी आकाश चन्द १ र विपिन खत्री ७

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 247 पटक पढिएको
  • सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गतको दोस्रो दिन फूलवारी लीला सम्पन्न

    जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सवको दोस्रो दिन (शुक्रबार) फूलबारी लीला सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिर छेउमै रहेको विवाहमण्डप प्राङ्गनमा फूलवारी लीला गरिएको छ ।त्रेता यूगमा मिथिला नरेश शिरध्वज राजर्षि जनकको प्रतिज्ञा अनुसार आयोजना गरिएको धनुषयज्ञमा मर्यादा पुरुषोत्तम भगवान् राम गुरू वशिष्टसँगै जनकपुरधाम आएको बेलामा जनक दुलारी माता सीतासँग फूलवारीमा सर्वप्रथम भेट भएको सम्झनामा फूलबारी लिला गरिन्छ ।हजारौंको सख्यामा फूलवारी लीला हेर्न आएका श्रद्धालुभक्तजनहरुले सिया बोलको नारा लगाउँदा वातावरण सियामय भएको थियो ।शनिबार(भोली) विवाहपञ्चमी महोत्सवको तेस्रो दिन जनकपुरधामक

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 203 पटक पढिएको
  • यस्ता छन्, आज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

    काठमाडौं । मन्त्रिपरिषदको बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने भएको छ । शुक्रबार बसेकोे मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता जगदिश खरेलले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषदको २०८२ मंसीर ५ गतेका निर्णयहरु यस प्रकार छन :१. बं

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 231 पटक पढिएको
  • चिनियाँ नीतिलाई गहन रुपमा बुझेर नेपालले धेरै सिक्नुपर्छ : देवराज घिमिरे

    काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चीनबाट साना मुलुकले वैज्ञानिक ढङगबाट जनताका विचार, मत र जनताको प्रतिनिधित्व गर्ने प्रक्रियाहरु सिक्नुपर्ने बताएका छन् ।  शुक्रबार पत्रकार चेतनाथ आर्चायद्वारा लिखित ‘चिनियाँ दृष्टिकोण’ नामक पुस्तक लोकार्पण कार्यक्रम कार्यक्रममा बोल्दै उनले  ‘शान्ति, सहअस्वित कायम राख्नका लागि साना ठूला राष्ट्रहरुको स्वतन्त्रताको लागि, जनताको सार्वभौम सत्ताको लागि र गरिबी अन्त्य गर्दै समानतामा आधारित मानव जातिको उन्नतिका लागि चीनले लिएको नीतिहरु सहि छन् कि गलत भन्ने कुरामा बहस हुनुपर्छ । चिनियाँ दृष्टिकोणको बारेमा बहस गरेर मुलुकले सिक्न

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 239 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.