समाचार

    Showing 8,041-8,050 of 25,627 items.
  • काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

    काठमाडौं— काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार)चिसो झन् धेरै बढेको छ ।काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ८ .५ डिग्री सेल्सियस रहेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 502 पटक पढिएको
  • अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

    काठमाडौं— नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्य मा वृद्धि गरेको हो । सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ।अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ  र मिडिएम  चार सय ९० रुपैयाँ कायम गरिएको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 517 पटक पढिएको
  • चन्द्रपुरबाट हातहतियार सहित एक युवक पक्राउ

    रौतहट— रौतहट सशस्त्र प्रहरीले हातहतियार सहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी वल,नेपाल सुरक्षा बेश सन्तपुरको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। चन्द्रपुर नगरपालिका वाड नं. ४ देउराली चोकबाट मकवानपुरको हेटौडा उ.म.न.पा. वडा नं.१३ पदमपोखरी वस्ने २२ बर्षिय सुमन आचार्यलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक राजेन्द्र बहादुर बस्नेतले बताए । उनका अनुसार पक्राउ परेका आचार्यको साथबाट ९ मि.मि. ब्राउनिङ पेस्तोलको म्याग्जिन एक थान, अर्को एक थान म्याग्जिन, बाल राउण्ड १३ गोटा,खुकुरी एक थान, मोवाईल एक थान, बैकको एट

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 429 पटक पढिएको
  • खोटाङको बुवाखोलामा पक्की पुल सञ्चालनमा

    विराटनगर— कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार पुल उद्घाटन गरेसँगै जिल्लाको दक्षिणी भेगको यातायात अब सहज हुने अपेक्षा गरिएको छ।जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा बनेको यो पुल १७ करोड ५८ लाख रुपैयाँभन्दा बढी लागतमा तयार भएको हो। निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न गरेर मन्त्री राईले उद्घाटन गरेका हुन्।अब दक्षिणी खोटाङका बासिन्दाले विराटनगर, इटहरी, धरान, बेलटार हुँदै झापा–मोरङ–सुनसरी जान जोखिमपूर्ण तरिकाले नदी पार गर्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 569 पटक पढिएको
  • अमाह सिमसार पर्यटकीय गन्तव्य

    धरान (सुनसरी)। बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ । अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् । पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका ला

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 200 पटक पढिएको
  • विरोधका सबै कार्यक्रम फिर्ता

    काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै सहमति भएको विज्ञप्तिमा उल्लेख छ । वर्तमान शान्ति सुरक्षाको अवस्थालाई समेतलाई ध्यानमा राखी महाअभियानले उठाए

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 307 पटक पढिएको
  • म्याङलुङ–तमोर लुबुघाट सडकखण्ड स्तरोन्नति गरिँदै

    तेह्रथुम। म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकिएको बताउनुभयो । नगरपालिकाको स्काभेटर र ट्याक्टर प्रयोग गर्दै म्याङलुङ–१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नति गरिँदै छ । यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो । यो सडक

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 238 पटक पढिएको
  • घलेगाउँ सांस्कृतिक भवनको उद्घाटनका लागि नुवाकोट पुगे प्रचण्ड

    काठमाडौं— नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन् । हिजो राति नुवाकोट पुगेका उनले आज बिहानै पञ्चकन्या गाउँपालिका–३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्नेछन् । त्यसैगरी दिउँसो १२ बजे उहाँले लिखु गाउँपालिका–५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन गर्नका साथै विभिन्न स्थानमा जनभेटघाट गर्नेछन् । । हिजो उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेवीको मानेमा नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए । 

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 400 पटक पढिएको
  • आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ । बैठक आइतबार समितिको बैठक कक्ष(सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो । आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ । 

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 452 पटक पढिएको
  • आज एनपीएलमा ब्रेक

    काठमाडौं—  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज आइतबार कुनै पनि खेल राखिएको छैन।भोली सोमबार भने दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।।दुई दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ।एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठ

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 496 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.